मृत्यु अर्थात मरण, निधन, स्वर्गवास, देहपात, देहावसान, काल, यमराज, विधि, ब्रहृमा, विष्णु, माया, कलि, कामदेव भन्ने हुन्छ साधारण अर्थमा । आखिर मृत्यू भनेको के हो ? मृत्यू बारेमा केही लेखोट लेख्नका लागि बिभिन्न ब्लगहरु, वेबसाइटहरु चहारे तर मृत्यूका बारेमा पर्याप्त जानकारीहरु पाउन सकिन् । जीवनको अन्तिम विन्दु हो मृत्यू अर्थात जीवनको अन्तिम गन्तव्य हो मृत्यू । मानिस जन्मन्छ, हुर्कन्छ, समाजमा धेरै कुरा देख्छ, सिक्छ । अर्थात निस्सार छ उसको जीवन अन्त्य मृत्युबाट नै हुन्छ ।
जीवनका सबैभन्दा महँगा दिनहरुका बारेमा सोच्नुपर्दा तपाइँ कुन-कुन र कस्ता-कस्ता दिनहरु सोच्नुहुन्छ त्यो त म भन्न सक्दिन, तर द्रव्यलाई निराधार बनाइ भन्नुपर्दा मेरा लागि जन्मदिन र मृत्युदिन अधिक महँगा दिनहरु हुन् । विशेषतः शीर्षस्थको अनुशासनलाई ननाघी सरासर मृत्युदिनको महँगाईलाई लेख्न जरुरी छ मैले । मृत्यु जीवनको पूर्णविराम हो रे १ भन्छन् सबैले ।
इतिहासले बताए अनुसार प्रजातन्त्र ज्यादै महंगो थियो रे १ पञ्चायतकालको मृत्युदिन पनि त्यति नै महँगो । करोडौं जनतासँग ती दुइ महँगा कुराहरु किन्ने अर्थका रुपमा मृत्यु सिवाय अरु केही थिएन । फेरि जनतालाई त्यस बेला नभई नहुने पनि ती नै दुइ कुरा । अन्त्यमा जनताले आफ्ना मृत्युदिनहरुलाई धरौटी राखे ।
पञ्चायतकालको मृत्युदिनहरु लागातार बितिरहेका थिए । प्रजातन्त्रको पुर्नहालीका लागि ती दिनहरु वितिरहेको कुरा इतिहासले खुसुक्क भन्दछ । मृत्युलाई धरौटी नराखेको भए प्रजातन्त्रको मन्त्र हावामा फुस्स उड्न सक्ने संभाव्यता इतिहासको आँखीझयालबाट प्रशस्तै देख्न सकिन्छ । तर्सथ, मृत्युतिर बढ्नुको उपलब्धी महँगो हुन्छ र अर्थ मजबुत ।
जीवनका हरिया दिनहरु बित्ने शुरुवातसँगै देशमा एउटा क्रान्तिको सपना बोकेका मानव जमातको सङघर्ष सूरु भयो । जुन सङघर्ष उमेरको प्रत्येक खुडि्कलै पिच्छे मृत्युको आदानप्रदान बढ्दै गयो । समय यस्तो पनि आयो कि प्रत्येक मानिसको आँखा अगाडि मृत्यु उपस्थित, मानस्पटलमा त्यसको भय । त्यसपछि त प्रत्येकलाई आफू मृत्युतिर जाँदैछु भन्ने लाग्नु अस्वभाविक कहाँ हो र - त्यस बेला सबैले भने कि मृत्यु सस्तो भइसक्यो । तर मलाई यो कुरामा भन्दा पनि ुविश्वबजारमा महँगी बढेकोु कुरालाई अनुसरण गर्दै देशका ठालु भनौदाहरुले ुमहंगो मृत्यूको प्रयोग गरेका थिएु भन्ने कुरामा ज्यादै विश्वास लाग्छ । त्यो महँगो मृत्यू थियो, र्सवसाधारणको मृत्यु, जनताको मृत्यु आदि । आफ्नो व्यक्तिगत बिलासी स्वार्थपूर्तिका लागि तिनले प्रयोग गरेका थिए मृत्यूलाई । यदि त्यो स्वार्थ नभए आजको कुर्सी तानातानी, सत्ता खिचातानी र बाह्र सत्ताइसका कुराकानी किन ?
मृत्युतिर जाँदाको अनुभूति तत्कालीन नेपालवासीहरुले राम्रोसँग गरे । मेरो आफ्नो एउटा अनुभूति पनि छ । तर तत्कालीन अवस्थाको नभइकन एउटा छुट्टै अवस्थाको समयले मानिसलाई खालखालको परिस्थितिमा पुर्याउँछ । त्यो सबै खालको परिस्थितिसँग जुधेको दृश्य त्यो अल्छि आकाशले टुलुटुलु हेरिरहन्छ ।
यसै वर्षको सुरुका दिनदेखि नै म अस्वस्थ थिएँ । महिनौ सम्मको स्वास्थ्य गडबडीले आफ्ना प्रत्येक कृयाकलापहरुमा धक्का त दिई नै रहेको थियो । यसै सिलसिलामा एकदिन विषालु च्याउको शिकार बन्न पुगेँ । सुरुमा आमालाई सुनाएँ, उहाँले सकिएको अमिलो चुकको बोतल सिलासाङ्ला गरी एक दुइ थोपा चुक चटाउनु भयो । उहाँहरु आत्तिइराख्नु भएको पनि मैले थाहा पाएँ तर मलाई त्यसको भन्दा ज्यादा अरु नै कुराहरुको पर्वाह बढी थियो । मैले सोचेँ म दुइ तीन घण्टा पछाडि मर्दैछु । अतीतका दुःख कष्टहरु, नैराश्यताहरु सबैलाई सम्झँदा मर्ने कुरादेखि एकदम खुशी लाग्यो कि म मुक्ति पाउँदैछु । तर, आफ्ना कलिला सपनाहरु सम्झँदा बिरक्त लागेर आयो । घरपरिवार, साथीसङगी अनि ती सबसँगको माया, प्रेम, स्नेह, ममता सम्झँदा अन्तरआत्मा रोएर आयो । भित्रैदेखि रसाएर आँखाबाट आँसुका थोपाहरु खस्न थाले । विषले शरीर पहेँलो हुन लाग्यो । मृत्यु मेरो नजिक छ र म मृत्युतिर जाँदैछु । मेरा लागि जायज छ जस्तो लाग्यो । म विचारको अन्तरद्वन्द्वमा डुबिरहेँ । अन्ततः चार घण्टाको सङ्क्रमण पछि मलाई विषले छोड्यो । फेरि मनमा खुशी र दुःख पलायो । लामो विश्वास छाडेर मैले सोचेँ मानिसलाई बाँचे पनि मरे पनि सुख छैन ।
मानिस भएर जन्मिसकेपछि केही गर्नु आवश्यक छ । जसको अर्थ खानु र दिसा गर्नु होइन । यसको अर्थ त्यो हो जुन गराइको प्रभाव व्यक्ति, परिवार, समाज, राष्ट्र अनि विश्वमा पर्न सकोस् । तर हाम्रा नेताहरुलाई महँगो मृत्यूको बारेमा के थाहा - आ-आफ्नै धुनमा मस्त छन् । जनताको दुःखहरुलाई बुझेका छैनन् । उनिहरुलाई थाहा छ, एकदिन त सबैले मर्नै पर्छ तर पनि किन उनिहरुलाई थाहा छैन् कि आफ्नो मृत्यू महँगो पार्नुपर्छ भनेर ? त्यस पश्चातको मृत्युको अर्थ मृत्यु हो नत्र कायरता ।
गौतम बुद्ध, जिसस क्राइस्ट, आइन्सटाइन, गान्धी, शुकरात, देवकोटा जस्ता महामानवको मृत्यु महँगो थियो जसको लागि उनिहरुले संसार हल्लाउने कार्यहरु गर्नुपर्यो र त्यसको अर्थ अन्त्यमा र्सार्थक भयो तर मृत्यु भने सजिलो रहेनछ । सुमित .....