Tuesday, August 7, 2012

सबैको हिसाब किताब बुझाउने पालो आउदो रहेछ देख्दै छु

जसले नराम्रो गर्छ त्यस्को नराम्रोनै हुन्छ बस पर्ख अनी हेर !! संसारमा मान्छेको कानुन त छ नै त्यस बाहेक ब्रमान्डको आफ्नै कानुन छ जस्ले कसैलाई छोड्दैन !! अन्लाईन सामान किन्दा मलेशियाको कम्पनीले मलाइ ठगेको थियो उपयुक्त प्रमाण र ठाउँ को दुरीले गर्दा मैले केही कारवाइ गर्न सकिन हाsss होस् भनेर छोडिदिए आज तेही कम्पनी लाई कसैले नराम्रो सँग ठग्देको बिलौना फेसबुकमा देख्दै छु । साथीहरु संसार गोल गोल छ भन्थे हो रच !! सबैको हिसाब किताब बुझाउने पालो आउदो रहेछ आफ्नै आखाले देख्दै छु।

बुद्धले ज्ञान पाइसके पछी धेरै ठाउमा हिंडेर ज्ञान बाड्न थालनु भयो। तेही हिंड्ने क्रममा एउटा ढुङ्गामा ठेस लागेर एकदमनै रगत बग्यो रे तर उहाले त्यो ढुङ्गालाई हातमा उठाएर ढोग्नु भयो रे यो देखेर उहाको चेला आनन्दलाई खुब रिस उठेछ। गुरु हजुरलाई यस्तो खलखल रगत बग्ने गरेर चोट पुराउने ढुङ्गालाई नफालेर किन ढोग्नु भयो भनेर सोधेछन बुद्धले हाँस्दै भन्नु भएछ, मेरो एकदम पुरानो हिसाब किताब थियो आज पुरा भयो, मैले पुर्व जन्ममा यस्तै ढुङ्गाले कसैलाई चोट पुराएको थिए आज त्यो रिण चुक्ता भयो भनेर खुशी हुँदै बाटो लाग्नु भएछ।

यो सब लेख्नुको कारण कुनै उपदेश दिनु होइन आफु आँफै प्रती बफादार बन्नु हो। मलाई कहिले काही लाग्थ्यो अरुले नदेखे नथापाए जे गरे पनि हुन्छ तर बुद्धले भने जस्तै मानिस आफ्नै चित्तसँग डराउनु आवश्यक छ किनकी गलत दिशामा गएको चित्तनै हानी गर्दछ । ठीक दीशामा जाने चित्त त मित्र हुन्छ।

Saturday, May 19, 2012

Complete Internet Repair



यदि तपाईंले गल्तीले आफ्नो कम्प्युटरको Internet को settings चलाऊनु भएको छ वा कुनै virus को कारण setting बिग्रेर समस्या भोगी रहनु भएको छ भने यो tool ले तपाईंलाई मद्त गर्न सक्छ ।
Complete Internet Repair नामको यो Tool आफ्नो नाम अनुसार नै तपाईंको कम्प्युटरको Internet सँग सम्बन्धित लगभग सबै समस्याहरुको समाधान गर्नको लागि उपयोगी छ । यसमा तपाईंले धेरै बिकल्प (option) हरु पाउनु हुनेछ र आफ्नो इच्छा अनुसार बिकल्पहरु छानेर वा सबै बिकल्प एकैचोटी छानेर आफ्नो windows को मुल internet Setting प्राप्त गर्न सक्नु हुनेछ ।

It could help if you are experiencing any of the following problems:
@ Internet or network problem after removing adware, spyware, virus, worm, Trojan horse, etc.
@ Loss network connection after installing/uninstalling adware, spyware, antispam, vpn, firewall or other networking programs.
@ Unable to access any webpage or can only access some webpages.
@ Pop-up error window with network related problem description.
@ No network connectivity due to registry errors.
@ DNS lookup problem.
@ Fail to renew the network adapter’s IP address or other DHCP errors.
@ Network connectivity issue with limited or no connections message.
@ Windows update does not work
@ You are having problems connecting to secured websites (ex. Banking).
@ Internet Explorer stopped working or crashes all the time.
@ Other networking problems.

जम्मा 438 KB को Complete Internet Repair एकदम सजिलो Utility हो । यसलाई तपाईंले कम्प्युटरमा Install गरिराक्नु पर्ने जरुरी पर्दैन । बस यसलाई Unzip गर्नुहोस् र ClntRep.exe नामको फाइल Run गरिदिनुहोस् ।
Version: 1.2.8.1280
Release Date: August 5th 2011
System Requirements: Windows XP, Windows 2003, Windows Vista, Windows 7
Disk Space: 1 MB