Sunday, July 10, 2011

CleanUp प्रोग्राम चलाऊने तरिका


तपाईंको कम्प्युटर ढिलो चलेको छ ? यदि तपाईंलाई त्यस्तो लागेको छ भने तपाईंको कम्प्युटरको HardDrive मा नचाहिने अथवा भनौ Useless फाइलहरुको थुप्रो लागेको हुन सक्छ र यसै कारणले पनि तपाईंको कम्प्युटर slow चलेको हुन सक्छ । तपाईंले कसरी यस्ता नचाहिने फाइलहरु पत्ता लगाउने र Delete गर्ने त ? कुनै यस्तै software को प्रयोग बिना यो एक किसिमले असम्भब नै छ । त्यसैले यहाँ यस्तै एउटा CleanUp भन्ने प्रोगाम बारे चर्चा गर्न लागेको छु । यो एउटा freeware प्रोग्राम हो र तपाईंले यो सफ्टवेर फ्री मा आफ्नो कम्प्युटरमा download गर्न सक्नु हुन्छ । यो एकदम powerful टूल्स भएको सफ्टवेर हो र तपाईंले यो सफ्टवेर चलाएर आफ्नो कम्प्युटरको त्यस्ता नचाहिने Useless फाइलहरु जस्तै : तपाईंको कम्प्युटरको browser's history, bookmarks, favorites, cookies लगायत तपाईंको privacy related locations मा भएको फाइलहरु सबै delete गरिदिन्छ । त्यसैले यो सफ्टवेरको प्रयोग गरेर तपाईंले आफ्नो कम्प्युटरको privacy पनि जोगाउन सक्नु हुन्छ ।


यो सफ्टवेर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ( Download CleanUp! )

यो software आफ्नो कम्प्युटरमा download गरिसके पछि यो प्रोग्राम चलाऊनुहोस् ।
अब सबभन्दा पहिला यसको Configure मिलाउँ ।
चित्रमा देखिएको जस्तो रातो घेरा भित्र भएको option मा क्लिक गर्नुहोस् । <


बाँया तिर भएको Bar लाई "Standard CleanUp!" सम्म लानुहोस् ।


तपाईंको कम्प्युटरमा धेरै किसिममा cookies हरु स्टोर भई बसेका हुन्छ जसले तपाईंको password, Logins हरुका password हरु save गरेका हुन्छन । यदि तपाईं यो हटोस भन्ने चाहनु हुन्न भने "Delete Cookies" भन्ने option मा uncheck गर्नुहोस् । र ok
गर्नुहोस् ।

अब तपाईंको कम्प्युटरमा यो प्रोग्राम चलाऊन ready भयो । यो प्रोग्राम चलाऊनु भन्दा अगाडि यदि तपाईंले कुनै brower खोली राख्नु भएको छ भने त्यसलाई बन्द गरी दिनुहोस् र Clean Up बटन मा क्लिक गर्नुहोस् ।

प्रोग्रामले अब तपाईंको कम्प्युटरमा भएका Useless फाइलहरु Delete गर्न थाल्नेछ ।
सकिए पछि close बटनमा क्लिक गर्नुहोस् ।
त्यतिबेला एउटा popup message "CleanUp! is finished but it needs to logoff" display हुनेछ । Yes गर्नु भयो भने कम्प्युटर restart हुनेछ यदि पछि मात्र गर्न चाहनु हुन्छ भने No मा क्लिक गर्नुहोस् ।

No comments:

Post a Comment