Tuesday, December 9, 2014

कम्प्युटरमा फटाफट काम हुने १० शर्टकट्स

keyboard-short cut
हामी कैयौं पटक सानो सानो कामको लागि माउसको कर्सरलाई कम्प्युटर स्क्रीनमा घुमाइरहन्छौं । जबकि किबोर्डको सामान्य शर्टकट्सबाट फटाफट काम गर्न सकिन्छ । तर यसको लागि तपाईंलाई शर्टकट कि कसरी चलाउने ? जानकारी हुन आवश्यक छ । आउनुहोस्, केही चलनचल्तीमा आइरहने जरुरी कम्प्युटरको शर्टकट्स बारे जानकारी हासिल गरौं ।

ट्याव खोल्ने र बन्द गर्ने
यदि तपाईं कुनै ब्राउजरमा सबै ट्याव खोलेर काम गरीरहनु भएको छ भने र तत्कालै कुनै ट्याबलाई बन्द गर्नुपरेमा Ctrl + W अथवा Ctrl+F4   को प्रयोग गर्नुहोस् । यदि सबै ट्याब एकैचोटि बन्द गर्न चाहनुहुन्छ भने Ctrl+Shift+W प्रयोग गर्नहोस् । यदि तपाइ फेरी उक्त ट्याव खोल्न चाहनुहुन्छ भने Ctrl+Shift+T को प्रयोग गर्नुहोस् ।
विन्डो मिनिमाइज गर्नुहोस्
यदि तपाई कम्प्युटरमा कैंयौँ सफ्वेयर र ब्राउजर खोलेर काम गरिरहनु भएको छ र तत्कालै विन्डोजलाई मिनिमाइज गर्न चाहनुहुन्छ भने Windows Logo+M  को प्रयोग गर्नुहोला ।

साइज सानो अथवा ठूलो बनाउनुहोस्
कुनै पनि साइजलाइ सानो अथवा ठूलो बनाउन Ctrl + अथवा Ctrl –  को प्रयोग गर्नुहोस् । यो बाहेक MS Office मा त्थउभ गरिएको Type लाई छोटो अथवा ठूलो बनाउनका लागि सबभन्दा पहिला उक्त शब्दलाई सेलेक्ट गरेर तपाई ठूलो बनाउन चाहनुहुन्छ भने Ctrl + थिचेर Font लाई ठूलो र सानो बनाउन सक्नुहुनेछ ।

एक विन्डोबाट दोस्रो विन्डोमा जानुहोस्
कम्युटरमा हामी एकैचोटि धेरै विन्डोजहरु ओपन गरेर काम गरिरहेका हुन्छौं । यहाँ हामी एक विन्डोबाट दोस्रो विन्डोमा जानका लागि Alt+Tab वटनको प्रयोग गर्न सक्छौँ । यस बाहेक एक ट्यावबाट अर्को ट्यावमा जानका लागि Ctrl+Tab को प्रयोग गर्न सक्छौँ ।

कम्युटरलाई लग अफ गर्नुहोस्
कम्युटरमा काम गरीसकेपछि सिस्टम बन्द गर्न चाहनुहुन्छ भने Windows Logo+L को प्रयोग गर्नुहोस् । यदि वर्तमान अवस्थामा खोलिरहेको विन्डोलाई बन्द गर्न चाहनुहुन्छ भने Alt+F4  को प्रयोग गर्नुहोस् ।

नयाँ ट्याव खोल्नुहोस
यदि तपाइँ ब्राउजरमा नयाँ ट्याव खोल्न चाहनुहुन्छ भने Ctrl+Tको प्रयोग गर्नसक्नुहुनेछ । ओपन ब्राउजरमा एक ट्यावबाट अर्को ट्यावमा जान चाहनुहुन्छ भने Ctrl+Tab को प्रयोग गर्नसक्नुहुनेछ ।

कुनै फोल्डरको नाम बदल्न चाहेमा
कुनै फोल्डर अथावा आइटमको नाम बदल्नको लागि F2 वटन प्रयोग गर्नुहोस् ।

कुनै विन्डोजको मेनुमा जानुहोस्
काम गरीरहेको कुनै पनि एक्टिभ मेनुमा जानको लागि Alt+Space bar को प्रयोग गर्नुहोस् । प्रारम्भ मेनुमा जानका लागि Windows Logo वटन खिच्नुहोस् ।

Esc को प्रयोग गर्नुहोस
कुनैपनि एक्टिभ आइटमबाट बाहिर जानको लागि Esc को प्रयोग गर्नहोस् । जस्तै फेसबुकको कुनै फोटो हेरिरहेको अवस्थामा त्यस आइटमबाट बाहिर जानको लागि पनि Esc को प्रयोग गर्नसक्नुहुनेछ ।

कुनै Object को Properties मा जान
कुनै Object को properties मा जानको लागि पहिला Arrow वटन बाट Object मा गएर Alt+Enter को प्रयोग गर्नुहोला । Windows Logo+R को प्रयोग गरेर रन कमान्ड बक्स open  गर्नसक्नुहुनेछ ।

No comments:

Post a Comment