केही समयको gap त्यसपछिको यो post. लेख्नन सुरुवात गरे तर के लेख्ने तय गरेको छैन. लेख्दै जादा गरहु भएको यो मनको भावना कलमले पोखी दिनेछ भन्ने भरोसा छ. तिमीसंगको यो सम्बन्ध गजबको छ. जीवनमा खुसि हुदा मन रमाउदा तिम्रो याद नआउने रैछ तर जबजब दुख हुन्छ तिम्रो याद आउछ. सुखमा साथ दिने त सबै हुदा रैछन दुखमा ???? खै ??? कोइ कतै छैन जस्तो पनि लाग्दैन.अब प्रस्न आउछ मलाई दुख पर्यो केको दुख??? कस्तो कुरको पिर??? अब कताबाट सुरु गरु??? कुरा लामो छ बस छोटकरीमा यति बुझ्दा हुन्छ कि मेरो चित्त कसैले दुखाको छ. कसैले मेरो कुरा बुझेन या मैले बुझाउन सकिन थाहा छैन. तर हामी बिच मत भिन्नता आयो र यो यती बढ्दै गयो कि हामी टाढिन पुगेका छौ. बियोगको व्यथाले म रोइन. रुनुको के नै औचित्य थियो?? के मेरो आशु देखेर ऊ रोकिने वाला थिएन.
एउटा दुरी आए झैँ लाग्छ जसले मेरो सबथोक भताभुङ्ग पारिदियो मेरो अगाडी म आफैलाई अर्को बनाएर उब्भईदियो. जे हुनु थियो भयो . अपेक्षा गरेको थिए पुरा भएन अब गर्न नै के सकिन्छ र???? तर यसो भनेर मन कहाँ मान्दो रैछ र??? थाहा छ समय संगै सबै कुरा सामान्य हुदै जानेछ. तर मलाई सामान्य तिर जाने कति पनि मन छैन यो पिडा पनि कति हो कति मिठो लागि रहेछ. यो पिडाले तिमि प्रति मेरो माया कति गाडा रैछ देखाऊछ. म आज पिडित हुन चाहन्छु ताकी मलाई बिश्वास होस् म तिमिलाई सचि कति माया गर्दो रहेछु?? तिमि मेरो लागि कति महत्वपूर्ण रहेछौ.
थाहा छ मलाई अरुका लागि आफुलाई पिडादिनु पगलपन हो. तर मलाई यो पागलपन पनि प्यारो ज्यादै प्यारो लाग्दैछ. मलाई थाहा छ म तिमीबाट मात्र होइन म आफैबाट पनि टाढा टाढा जादैछु. कारण बस यति हो तिमिले मलाई अपनाउने हिम्मत गर्न सकेनौ. मलाई थाहा छ तिमीले मलाई बुझ्ने कोशिश गर्ने छैनौ. तिमीले मलाई सम्झार सम्झन्न सक्ने हालतमा म छैन म बिस्तारै बिस्तारै हराउदै गइरहेको तिमि म सब अरु थोकहरु भन्दा टाडा.
Its really nice yar sathi keep it up~!!
ReplyDelete